Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

फिल्मीखवरले आफ्नो वार्षिकोत्सवमा धुर्मुस सुन्तलीलाई वर्ष व्यक्ति घोषणा गर्दै सम्मान प्रदान

admin

फिल्मीखवर साप्ताहिकले आफ्नो प्रकाशनको ८ वर्ष पुरा गरी ९ वर्ष प्रारम्भ गरेको अवसरमा भव्य कार्यक्रमको आयोजना गरि विगतका वर्षहरुमा झै यो पनि वर्ष व्यक्ति पुरुष एवम् महिला घोषणा गर्दै सम्मान समेत गरेको छ । यो पटक लोकप्रिय कलाकार जोडी सिताराम कट्टेल धुर्मुस(पुरुष), कुञ्जना घिमिरे सुन्तली (महिला) वर्ष व्यक्ति घोषणा गरेको छ ।

प्रविशा प्रकाशन प्रा.लि. द्वारा प्रकाशित फिल्मीखवर साप्ताहिक प्रकाशनको ९ वर्ष मनाउदै गर्दा ६ वर्ष देखी चलचित्र, गीत, सङ्गीत, रङ्गमञ्च एवम् मनोरञ्जन जगतका विभीन्न आधारहरुलाई मानेर वर्ष व्यक्ति छनौट गर्दै आएको छ । विभिन्न सक्रियता, चर्चा, सम्मान, योगदान विविध आधारहरु मानेर फिल्मीखवरले वर्ष व्यक्ति छनौट गर्ने गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति शम्भुजित बाँस्कोटा एवम् फिल्मीखवर साप्ताहिक सम्पादक तथा कार्यक्रम सभापती शान्तिप्रिय सहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले सिताराम कट्टेल तथा कुञ्जना घिमिरेलाई टीका, माला सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र संघका उपाध्यक्ष मधुसुदन प्रधान, नेपाल चलचित्र निर्माता संघका उपाध्यक्ष केशव भट्टराई, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपालकै पहिलो चलचित्र आमाकी अभिनेत्री चैत्य देवी, लेखक÷निर्देशक मोहन निरौलालगायतले फिल्मीखबर साप्ताहिकले ८ वर्ष पुरा गरी नौ वर्ष टेकेकोमा शुभकामना दिए ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व कुञ्जना घिमिरेले मान्छेले आफ्नो सन्ताको प्रगती चाहन्छ, आज यो घर वातावरणमा यो किसीमको सम्मान पाउदाखेरी अत्यन्तै खुशी लागेको बताउँदै आफू कलाकारीता क्षेत्रको सन्तान भएको बताइन् । त्यस्तै सम्मानीत व्यक्तित्व सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन केवल सिताराम र कुञ्जनाको मात्रै नभएर हामी सबैको साझा संस्था हो भने । उनले हामीसबै कलाकार जनमानसमा आपद विपद पर्दा संयमीत भएर लाग्ने गरेका छौ र अहिले पनि लागिरहेको बताए । उनले कार्यक्रममा बोल्दै फिल्मीखबरले यस किसीमको सम्मान दिदै वर्ष व्यक्ति तोकीएकोमा आभार व्यक्त गरे । उनले यो सम्मान आफ्नै क्षेत्र घरभीत्रबाट भएको र घरै बाट सम्मान भएपछि मात्रै मान्छेले बास्तविक सम्मान पाउने बताउदै आफूले देशलाई चिनाउन नमुना नेपालको अवधारणा अघि सारेको र सबैबाट सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथी शम्भुजित बाँस्कोटाले आफ्नै जन्मदिन र फिल्मीखबरको बार्षिकोत्सवको संयोग आफ्ना लागि गौरव गर्न लायक भएको वताए । फिल्मीखबरको नौ वर्ष यात्रा सुखद रहदै निरन्तरताको कामना गरे ।

कार्यक्रममा फिल्मीखबर साप्ताहिकका सम्पादक तथा कार्यक्रमका सभापति शान्तिप्रियले सबै प्रति आभार व्यक्त गरे । फिल्मीखबर निष्पक्ष, निडर र निरन्तर रहेको बताए । उनले विगतका दिन जस्तै आगामी दिन पनि चुनौतीपूर्ण रहेपनि आफू निरन्तर लागी पर्ने बताए ।

कार्यक्रमको स्वागत मन्तव्य पत्रिकाकी सह सम्पादक गीता अधिकारीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन पत्रकार तथा गीतकार लोकराज अधिकारीले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको