Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा रोकियो

admin

नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल गर्ने केही अवसर पाएपनि फिनिसिङ गर्न सकेन ।

यसअघि पहिलो मैत्रीपूर्ण खेल नेपालले २-१ ले जितेको थियो । नेपाललले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो । यसअघि २०१९ मा भएको ओलम्पिक छनोटमा नेपालले बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो । नेपाल र बंगलादेशबीच अहिलेसम्म ८ खेल हुँदा नेपाल अपराजित छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो खेलमा पहिलो रोजाईमा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले गोलकिपर एन्जिला सुब्बा, मिडफिल्डर मन्जली कुमारी योन्जन र अघिल्लो खेलमा डेब्यू गर्दै गोल गरेकी सबिता रानाको स्थानमा अन्जना राना मगर, अनिता बस्नेत र रश्मि कुमारी घिसिङलाई पहिलो रोजाइमा खेलाएका थिए।

अघिल्लो खेलमा नेपालले २३ मिनेटभित्रै दुई गोल गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशले सुरुवातदेखि नै राम्रो खेलेको थियो । पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर आएपनि सदुपयोग गर्न सकेनन् । नेपालको सरु लिम्बु र विमला चौधरीले गोलको अवसर पाएपनि फिनिसिङ राम्रो हुन सकेन । यस्तै बंगलादेशी गोलकिपर रुपना चक्माले केही राम्रो बचाउ गरिन् ।

दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेपनि गोल हुन सकेन । ६६ औं मिनेटमा रश्मी घिसिङ र अनिता बस्नेतको स्थानमा सबिता राना र अनिता केसी म‌ैदान प्रवेश गरेका थिए ।

८९ औं मिनेटमा नेपालकी रजनी थोकरले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै डेब्यु गरिन् । उनी प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

नेपाल र बंगलादेश अब एएफसी महिला एसियन कप छनोट खेल्न उज्वेकिस्तान जानेछन् । नेपाल समूह एफ मा छ । यस समूहमा फिलिपिन्स र हङकङ पनि छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको