Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड आज शुक्रवार सन्तोषी माता व्रत प्रभावले हुन्छ यस्तो लाभ: १६ शुक्रबार व्रतको महिमा र विधि

खटाइएको निकायमा नगए सीधै बर्खास्त

admin

काठमाडौं : सरकाले कर्मचारीलाई खटाइएको निकायमा नगए सीधै बर्खास्त गर्ने प्रावधानसहितको कर्मचारी समायोजन नियमावली २०७४ लाई कार्यान्वयनमा ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन ऐनलाई कार्यान्वयन गर्न तयारी पारिएको कर्मचारी समायोजन नियमावलीलाई स्वीकृत गर्दै अब प्रदेश तथा स्थानीय तहमा खटाइएका कर्मचारी ३५ दिनभित्र खटिएको स्थानमा नपुगे सीधै बर्खास्त गर्ने कानुनी प्रावधानलाई कार्यान्वनमा ल्याइएको हो।

सरकारले केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना गर्नका ७६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा स्थायीरुपमा समायोजन गर्ने उद्देश्यसकित कर्मचारी समायोजन नियमावली २०७४ लाई स्वीकृत गरेपछि समायोजन प्रक्रिया अघि बढेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको