Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

खटाइएको निकायमा नगए सीधै बर्खास्त

admin

काठमाडौं : सरकाले कर्मचारीलाई खटाइएको निकायमा नगए सीधै बर्खास्त गर्ने प्रावधानसहितको कर्मचारी समायोजन नियमावली २०७४ लाई कार्यान्वयनमा ल्याएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन ऐनलाई कार्यान्वयन गर्न तयारी पारिएको कर्मचारी समायोजन नियमावलीलाई स्वीकृत गर्दै अब प्रदेश तथा स्थानीय तहमा खटाइएका कर्मचारी ३५ दिनभित्र खटिएको स्थानमा नपुगे सीधै बर्खास्त गर्ने कानुनी प्रावधानलाई कार्यान्वनमा ल्याइएको हो।

सरकारले केन्द्रीकृत शासन प्रणालीअनुसार भर्ना गर्नका ७६ हजार कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा स्थायीरुपमा समायोजन गर्ने उद्देश्यसकित कर्मचारी समायोजन नियमावली २०७४ लाई स्वीकृत गरेपछि समायोजन प्रक्रिया अघि बढेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको