Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

आकाशबाट एयरपोर्टमा बहुमूल्य धातु खस्न थालेपछि…

admin

तपाइँले आकाशबाट माछा, गड्यौला आदि खसेको खबर त सुन्नुभएको थियो होला। तर, सुन, हिराजस्ता बहुमूल्य धातु बर्सिएको सायदै सुन्नुभएको होला। रुसको एक विमानस्थलमा यस्तै घटना घट्यो। आकाशबाट धमाधम सुन, हिरा लगायत बहुमूल्य धातु बर्सिन थाल्यो। विमानस्थलका कर्मचारीहरु छक्क परेर हेरेको हेर्‍यै भए। पछि बुझ्दा यो कुनै आश्चर्यजनक घटना थिएन। विमानमा भएको प्राविधिक गडबडीका कारण आकाशबाट बहुमूल्य धातु बर्सिएका थिए।

याकुस्क विमानस्थलबाट उडान भरेको केही छिनमै निम्बुस एयरलाइन्सको कार्गो विमानबाट सुन, हिरालगायत बहुमूल्य धातु बर्सिन थालेको थियो। उडान भरिरहको उक्त विमानको ढोका अचानक खुलेपछि विमानबाट करिब तीन हजार किलो सुन, हिरा लगायत बहुमूल्य धातु खसेको थियो। विमानमा भएकोमध्ये एक तिहाइभन्दा बढी बहुमूल्य धातु त्यसरी खसेको अधिकारीहरुको भनाइ छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार खानीसम्बन्धी कम्पनीले ती धातु लैजान लागेका थिए। अधिकारीहरुका अनुसार ढोका खुलेपछि विमानलाई करिब १२ किलोमिटर पर एउटा गाउँमा आपतकालीन अवतरण गराइएको थियो। विमानका चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ। विमानस्थल रन–वे बन्द गरेर धातुक खोजीमा एक टोली परिचालन गरिएको छ। विमानबाट रन–वेमा खसेको बहुमूल्य धातुका भिडियो र तस्वीर सोसल मिडियामा अहिले भाइरल बनेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको