Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

नवलपरासी दुर्घटना: मृतक र घाइतेको परिचय खुल्यो

admin

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीया रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।

मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा  मृत्यु भएको थियो । दुर्घटनामा घाइते २४ मध्ये  २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

२३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको