Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

असार ९ गते अर्थात “अन्तराष्ट्रिय ओलम्पिक दिवस”

admin

पोखरा /जुन २३ तारिख यही असार ९ गते अर्थात अन्तराष्ट्रिय ओलम्पिक दिवस । यसै अवसरमा पोखरामा संचारकर्मीको ५ किलोमिटर सडक दौड हुने भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा स्वर्गीय शिव शंकर रन्जितको स्मृतिमा उनको परिवारजनबाट प्रायोजित उक्त सडक दौड प्रतियोगिता हुने भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । मञ्च नेपालका अध्यक्ष तेज बहादुर गुरुङले समाजमा खेलप्रतिको संस्कारको विकास गर्दै खेलकुदको आकषर्ण बढाउन पनि संचारकर्मीलाई मात्र लक्षित गरी उक्त दौड प्रतियोगिता आयोजना गर्न लागिएको बताए । प्रतियोगितामा पुरुष तर्फ ३० र महिला तर्फ २० जनाको सहभागिता हुने अपेक्षा गरेको बताउदै गुरुङले दुबै टिमका बिजेतालाई जनही ७ हजार, उपविजेतालाई जनही ५ हजार र तेश्रो हुनेलाई जनही ३ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । दर्ता शुल्क २० रुपैया रहेको प्रतियोगितामा महिला संचारकर्मी कम्तिमा पनि १५ जना प्रतियोगिहरु सहभागी हुनु पर्ने आयोजकले वनाएको सचिव कृष्ण तिमिल्सिनाले बताए । उक्त कार्यक्रम सम्पन्न गर्न करिब ६१ हजार खर्च लाग्ने भएको खेल संयोजक खेम बहादुर गुरुङले बताए । स्वर्गीय रन्जितका छोरा डा.निरज रन्जितले आफ्नो बाबुको स्मृतिमा संचारकर्मीको दौड निरन्तर हुनुपर्नेमा जोड दिए । मञ्चका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष खड्ग बहादुर रानाभाट, उपाध्यक्ष दील बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव एवं खेलकुद पत्रकार मञ्च कास्कीका उपाध्यक्ष दीननाथ बराल, संचारिका समुह पश्चिमाञ्चलका संयोजक जमुना बर्षा शर्मा लगायतले उक्त प्रतियोगितालाई सफल पार्न आफ्नो तर्फबाट सहयोग गर्ने वचन दिए । उक्त दौड प्रतियोगिता मानव अधिकारचोकबाट सुरु भई महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृहचोक, सृजनाचोक, जाल्पारोड, बगालेटोल, हुदै पुनः मानवअधिकारचोकमा पुगेर समापन हुने भएको संयोजक गुरुङले बताए । मञ्चका आजिवन सदस्य ह्याण्डवलका पुर्व खेलाडी ज्वाला थापालाई खादा लगायर वेलायत वसाईको सफलताको कामना गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको