Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

तालिबानले कब्जा गरेको अफगानिस्तानलाई ३० लाख डोज खोप सहयोग गर्दै चीन

admin

अफगानिस्तानलाई ३ करोड अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको चीनले ३० लाख डोज खोप पनि सहयोग गर्ने बताएको छ।

हालै मात्र चिनियाँ विदेशमन्त्री वाङ यीले तालिबानको आगमनपछि अफगानिस्तान पुनः निर्माणमा तालिबानलाई ३ करोड अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग गर्ने बताएका थिए।

चिनियाँ बीआरआई परियोजना अगाडि बढाउन तालिबानहरु सहमत भएपछि चीनले अफगानिस्तानलाई सहयोग गर्ने वाचा गरिरहेको हो।

संयुक्त राष्ट्रसंघमा चिनियाँ मिसनका प्रमखु चेन सुले सोमबार दिएको जानकारी अनुसार ३० लाख डोज खोप तत्काल आपूर्ति गरिनेछ।

सुका अनुसार २० करोड युआन बराबरका सहयोगमा खोपसँगै आवश्यक खाद्य सामग्री, जाडोमा प्रयोग हुने सामग्री तथा औषधिहरु सामेल हुनेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको