Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित साढे दुई लाख महिलाको पाठेघर मुखको क्यान्सर परीक्षण गरिने एनपीएलको बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ नेपाल र चीनबिच ८ वटा सहमतिपत्रमा हस्ताक्षर

गृहमन्त्री थापा एक्कासी प्रहरीको मेसमा गएर खाना मगाए पछि….

admin

गृहमन्त्री रामबहादुर थापा बादल’ले प्रहरीको मेसमा बसेर प्रहरी जवानहरुसँग साथै खाना खाएका छन् ।

बिहान १० १५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न गएका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण् गरेका थिए । सबै निरीक्षण सकेपछि उनीे मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेशतर्फ लागे ।

त्यहाँ खाना खाईरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए। उनले बसेर खाईराख्न आग्रह गरे । सो लगत्तै भान्सामा पुगेर ‘हामीलाई पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गरे । पुग्छ हजुर भनेर जवाफ दिए । प्रहरी जवानहरु अकमकिएर पुग्छ हजुर भन्न थाले । ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बसे ।

उनले साथमा प्रहरी जवान चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रहरी जवानले साथै खान खाए ।

गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए ।

दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकार नभएरै खानामा मासु पाकेको थिएन। गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।

सो लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उनले जनताको जिउ,धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गरे । सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता टाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको