Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

सार्वजनिक यातायातमा सामूहिक बलात्कार प्रकरणका ५ जना पक्राउ

admin

राजधानीका सार्वजनिक सवारीसाधनहरु महिला तथा बालिकाका लागि असुरक्षित हुन थालेका छन् । काठमाडौंको चक्रपथमा सार्वजनिक यातायातका सवारीचालक र सहचालकहरुले एक बालिकालाई सामुहिक बलात्कार गरेको घटना बाहिरिएसँगै यहाँका सार्वजनिक गाडीहरु असुरक्षित भएको भेटिएको हो ।

गत फागुन १७ गते बल्खुमा निस्किएकी १५ वर्षीया बालिकालाई बा.४.ख.३८५१ नम्बरको गाडीचालक र सहचालकले लगेर १० दिनसम्म विभिन्न स्थानमा बन्धक बनाएर सामुहिक बलात्कार गरेका थिए । उक्त गाडीका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलासहित बा २ ख २१९५ नम्बरको गाडीका चालक भोला तामाङ्ग, सहचालक चन्द्रबहादुर सापकोटा र अर्को गाडीका सहचालक सुदिप बजगाईले बलात्कार गरेको महानगरीय प्रहरी परीसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनीहरुले बालिकालाई फागुन १७ गते साँझ बसुन्धरा ग्यारेजमा, १८ देखि २४ गतेसम्म ललितपुरको हरिसिद्धिस्थित कोठामा, २४ र २५ गते गाडीमै र २७ गते स्वयम्भु ग्यारेजमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ । लगातार बलात्कार गरेका उनीहरुले फागुन २८ गते बालिकालाई गर्भनिरोधक औषधी खुवाएर २ सय ५० रुपैँया दिई स्वयम्भुमा लगेर छाडेका थिए । प्रहरीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरी जवर्जस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको