Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

न्यू ईयर फेशन फ्लोर शो का लागि आगामी शनिवार अडिसन हुदै

admin

क्रियसन प्रडक्सन ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुतीमा न्यू ईयर फेशन फ्लोर शो आयोजना हुने भएको छ । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले नयां वर्षको अवसर पारेर फेशन शो तथा डान्स पार्टी आयोजना हुन लागेको हो । उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि आगामी शनीवार अनामनगरस्थित बिहानी क्याफेमा अडिसन हुने आयोजक तथा मोडल शोभा पौडेलले बताईन । उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक पौडेलले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा रहने उक्त शो मा नेपालका चर्चित लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तूती समेत दिनेछन । स्मरणीय रहोस क्रियटिभ ईभेन्ट म्यानेजमेन्ट थुप्रै सफल फेशन शो, सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट आयोजना गर्दै आइरहेको संस्था हो ।
अडिसनका लागि ईच्छुक मोडलहरुले अडिसन हुने स्थान बिहानी क्याफे अनामनगरमा आगामी शनिवार गते ११ बजे उपस्थिती भई सहभागिता जनाउन सक्नेछन । थप जानकारीका लागि मोवाईल नं। ९८४६७९४१७८,९८१३७७५९२२ मा सिधै सम्पर्क राख्न सक्नुहुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको