१ हजार ४७८ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *