Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

छात्रामाथि जबर्जस्ती करणीको अभियोगमा एक शिक्षक थुनामा

admin

लमजुङमा १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। राइनास नगरपालिका भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए।

शिक्षक थापालाई भने १४ भदौमा प्रहरीले पक्राउ गरेको हो। बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा ३ लाख तिरेर धरौटीमा रिहा भइसकेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको