Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

फिफा कन्फेडेरेसन कपः मेक्सिकोद्वारा न्युजिल्यान्ड पराजित

admin

काठमाडौं । रुसमा जारी फिफा कन्फेडेरेसन कप फुटबलमा मेक्सिकोले न्युजिल्यान्डलाई पराजित गरेको छ ।  बुधबार राती भएको खेलमा मेक्सिकोले न्युजिल्यान्डलाई २ – १ ले पराजित गरेको हो ।
सोचिमा भएको खेलमा मेक्सिकोलाई जित दिलाउन राउल जिमेनेज र ओरिबे पेराल्टाले समान एक एक गोल गरे । न्युजिल्यान्डका कृष उडले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने न्युजिल्यान्डले पहिलो हाफको ४२ औं मिनेटमा उडको गोलबाट लिएको थियो । तर, दोस्रो हाफमा मेक्सिको खेलमा फर्कदै जित निकाल्यो ।
दोस्रो हाफको ५४ औं मिनेटमा जिमेनेजले गोल गर्दै खेल  १ – १ को बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा पेराल्टाले गोल गर्दै मेक्सिकोलाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन् सकेन र खेल मेक्सिको पक्षमा गयो ।
जितसँगै मेक्सिको समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । र, मेक्सिकोको सेमिफाइनल सम्भावना बलियो बनेको छ । पहिलो खेलमा पोर्चुगलसँग अंक बढेको मेक्सिकोले २ खेलबाट ४ अंक जोडेको छ । यस समूहमा पोर्चुगलको पनि ४ अंक छ तर गोल अन्तरमा मेक्सिको अघि छ । पराजित न्युजिल्यान्ड अंकबिहिन छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको