Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

श्रृंखलावद्ध चोरीमा ११ वर्षका बालकको संलग्नता

admin

पर्वत -पर्वतका एक जना बालक ठूलादेखि साना चोरीका घटनामा संलग्न देखिएका छन् ।

पर्वत जिल्लामा विगत केही महिनादेखि विभिन्न स्थानहरुमा भएका चोरीका घटनामा ११ बर्षीया बालककै संलग्नता रहेको पुष्टि भएको हो ।  जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार ११ बर्षीय जीवन दमै (नाम परिवर्तन) नै विभिन्न मितिमा भएका चोरीमा संलग्न भएको देखिएको छ ।

कुस्माको मेलमिलाप चोकमा जिपमा राखेको नगद चोरी गरेर भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेपछि यसअघि पर्वत, बागलुङ र म्याग्दीमा भएका धेरै चोरीका घटनामा आफू संलग्न भएको उनले स्वीकार गरेका छन् । पर्वतको मोदी गाउँपालिका ४ बस्ने २२ बर्षीय हिरा पुनले सोमबार कुस्मा बजारमा रहेको एक बैंकबाट झिकेर जिपमा राखेको ९० हजार रुपैयाँ नगदसहितको झोला चोरी गरेर भाग्दै गर्दा ती बालक पक्राउ परेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको