Logo
10 Dec 2025    २५ मंसिर २०८२, बुधबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

मिलमा आगलागी, ७० लाखको क्षति

admin

मोरङको एक मिलमा आगलागी हुँदा ७० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–३ मा रहेको अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ ।

मिल सञ्चालन गरिएको ४ कोठे भवनमा शनिबार राति १० बजेतिर अचानक आगलागी हुँदा दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

आगो प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति साढे ११ बजेतिर नियन्त्रणमा लिइएको उनले बताए । आगलागीको कारण खुलेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको