Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

राज खड्का ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल

admin

पछिल्लो समय बिभिन्न देशमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालीहरुको सहभागिता हुने मात्र नभई केही टाईटलहरु लिएर आउनेको सन्ख्या पनि बढ्ने क्रममा रहेको छ ।

यही परिप्रेक्षमा ‘मिस्टर ग्ल्यामरस आइकन टिन २०१८’ को दोस्रो संकरण विजेता राज खड्का थाइल्यान्डमा आयोजना भएको ‘मिस्टर ग्लोबल टिन २०१८’ को टप ५ मा पर्न सफल भएका छन । उनी टप ५ मा पर्नुका साथ साथै बेस्ट ट्यालेन्ट अवार्डपनि हात हात परेका छन । उनि नेपालका तर्फबाट प्रतिनिधित्व गरेर त्यसतर्फ प्रस्थान् गरेका थिए ।

बिजेता राज खड्कालाई मिस्टर ग्लोबल इन्टरनेसनल नेपालका कन्ट्री डाइरेक्टर, ड्रिम सर्च एजेन्सीका सिइओ, फोटोग्राफर कमल क्षेत्रीले उक्त प्रतियोगितामा पठाउने ब्यबस्था गरेका थिए । प्रतिस्प्रधाको लागि मोडेल तथा कोरियोग्राफर दिक्पाल कार्कीले आबश्यक प्रशिक्षण उपलब्ध गराएका थिए ।

त्यस्तै मलेसियामा एसियन मुलुकहरुका विवाहित नारीहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८’ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिस्पर्धा गरिरहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको