Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

प्रधानमन्त्रीले गर्ने सम्बोधन स्थगित वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा

साहस ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

admin

आज आइतबार साहस ऊर्जाकाे आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आईपीओ ६ असाेजमा बिक्री खुला गरेको थियाे।

कुल आईपीओमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीका अनुसार सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन मिल्नेछ।

आईपीओमा शुक्रबार दिउँसो २:३० बजेसम्म १७ लाख २० हजार जना आवेदकले २ करोड ४६ लाख ९ हजार ७६० कित्ताका लागि आवेदन दिइसकेका बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।

आईपीओ निस्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको