Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

admin

नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी बस्दै आएका २५ वर्षीय खिमबहादुर घर्तीले सिसाको सोकेस मुड्की र खुकुरीले हानेर फुटाउन खोजेका थिए।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रूपन्देही कक्षमा रहेको तीन फिट लम्बाइ र दुई फिट चौडाइको सिसाबाट निर्मित सोकेस मुड्की र खुकुरीले हानेर श्रीपेच चोर्ने असफल प्रयास गरेको थिए। घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।

‘टिकट काटेर दरबार संग्रहालय अवलोकन गर्दै रूपन्देही कक्ष पुगेका उनले सर्वप्रथम खुकुरी निकाल्न सिसाको ठूलो सोकेस फुटाउने प्रयास गरेका थिए,’ उनले भने, ‘सोही कक्षमा सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो। खुकुरी र मुड्कीको सहायताले बुलेट प्रुफ सिसा फुटाएर श्रीपेच झिक्ने प्रयास भएको देखिन्छ। सेनाले नियन्त्रणमा लिँदा उनले श्रीपेच लगाएर राजा बन्न लागेको कुरा गरिरहेका थिए ।

दरबार संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

‘राजा बन्छु भन्दै उनले श्रीपेच राखिएको बुलेट प्रुफ सिसाको सोकेस फुटाउन खोजेपछि नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘पक्राउपछि सोधपुछका क्रममा उनको मानसिक सन्तुलन ठीक नभएजस्तो देखिन्छ। थप अनुसन्धान भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको