Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

उर्जामन्त्रीकै आदेश पालना गर्दैन विद्युत प्राधिकरण

admin

काठमाडौं– ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा अवधिभर लोडसेडिङ नगर्न भनि दिएको निर्देशन कार्यान्वयन नभएको पाइएको छ ।

आज ऊर्जामन्त्री पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका पदाधिकारीलाई एसईई परीक्षा अवधिमा लोडसेडिङ नहुने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

तर, राजधानीलगायत देशका विभिन्न स्थानमा सदाझैं अघोषित रुपमा लोडसेडिङ भएको पाइएको हो ।

रातोपाटीले बिहिबार दिउँसो ऊर्जामन्त्रीले लोडसेडिङ निर्देशन दिएको समाचार सार्वजनिक गरेको थियो ्र तर ऊर्जामन्त्रीको निर्देशन अनुसार बेलुका सदाझैं अघोषित रुपमा लोडसेडिङ भइरहेको भन्दै गुनासो आएको हो ।

उपत्यकाका केहि स्थानमा समेत लोडसेडिङ भएको छ भने उपत्यकाबाहिर धेरै स्थानमा लोडसेडिङको समस्या देखिएको हो ।
हाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक नगरेको भएपनि अघोषित रुपमा भने लोडसेडिङ हुँदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको