Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

सार्वजनिक बिदा कटौति गर्दै सरकार

admin

काठमाडौं – सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ ।

बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ ।

गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषदको सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताए ।

शर्माले भने, हामीले कुन दिन बिदा दिनुपर्ने र कुन दिन नदिँदा हुने भनेर मंगलबार रायसहित पठाएका छौँ । सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुनसक्छ ।

धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गमालाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ ।
नेपाल समाचारपत्र


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको