Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

पाकेट मारेकै भरमा करोडौंको सम्पत्ति

admin

काठमाडौं- चोरी गरेको धनले कति दिन पुग्ला रु दई दिन, चार दिन वा एक–दुई महिना रु जवाफ हुन सक्छ -केही दिन, केही महिना वा केही वर्ष ।

तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि ।

तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमानलाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् ।

काभ्रेपलान्चोक घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रुपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

पाकेट मारेकै भरमा उनले करोडौंको सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ । तर, पेसा भने उही पाकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसमा यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको