Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

विमान दुर्घटनामा मृत क्याप्टेन अविदकी श्रीमतीको निधन

admin

विमान दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अविद सुल्तानकी श्रीमतीको निधन भएको छ । उनको ढाका स्थीत अस्पतालमा आज विहान मृत्यु भएको छ ।

अफशनालाई आइतबार मस्तिष्कघात भएको थियो । उनलाई उपचारको लागि ढाकाको अगरगाँउ स्थित नेशनल इन्स्टिट्युट अफ न्युरोसाइन्स एण्ड हिस्पिटलमा लगिएको थियो । उनी हस्पिटलमा ‘लाइफ सपोर्ट’मा थिइन् ।

हस्पिटलका डाक्टरका अनुसार विहान ९ः३० मा उनको निधन भएको थियो ।

उनको जनाजा आज शुक्रबारको प्रर्थनापछि गउसुल अजाम मस्जीदमा आयोजना गरिने अविदका भाई महमुदले भने ।

जनाजा पछि उनलाई उनको ढाकाको बनानी सैन्य मसानघाटमा रहेको उनको श्रीमान गाडिएकै नजिक गाडिनेछ ।

क्याप्टेन अविद सुल्तानले चलाएको यु।एस।–बङ्ला विमान काठमाण्डौंस्थीत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएपछि मृत्यु भएको थियो । विमान मार्च १२ मा ३२ बङ्लादेशी, ३३ नेपाली र एक एक चिनिया र माल्दीभ्सका नागरिक बोकेर ढाकाबाट उढेको थियो ।

अवतरणको क्रममा विमानस्थलको धावनमार्गभन्दा बाहिर मैदान जोतिएर आगो लागि भएर भएको दुर्घटनामा २६ बङ्लादेशी, २२ नेपाली र एक चिनिया यात्रुको मृत्यु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको