Logo
17 Jan 2025    ४ माघ २०८१, शुक्रबार

ताजा खबर

मानव अधिकारसहित संसदका २ समितिको बैठक बस्दै प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्रहत्या गर्ने दुईजना पक्राउ टेक तामाङको शव्द तथा प्रल्हाद लिमल्सिना र सुमिनाको स्वरमा ‘स्वर्ग झै सैलुङ’(भिडियो) कांग्रेसले मन्त्रीहरूलाई दियो ७ बुँदे निर्देशन काठमाडौँ उपत्यकाभित्र हर्न बजाउन नपाइने रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर हुँदै

माओवादी केन्द्रको प्रदेश ईन्चार्जहरुको जिम्मेवारी हेरफेर

admin

माओवादी केन्द्रको शनिबार बसेको पुर्व हेडक्वार्टर बैठकले प्रदेश ईन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।  यसअघि इन्जार्च रहेका केही नेता सरकारमा मन्त्री भएपछि पाँचवटा प्रदेशमा जिम्मेवारी हेरफेर गरिएको हो ।

प्रदेश ३ का ईन्चार्ज हितमान शाक्य र ७ का ईन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत राखिएको छ ।

प्रदेश २ का इन्चार्ज मातृका यादव, ५ का बर्षमान पुन र ६ का शक्ति बस्नेत मन्त्ती बनेका छन् भने ४ का देव गुरुङ प्रमुख सचेतक बनेका छन् ।
प्रदेश १ का इन्चार्ज गोपाल किरातीलाई कारवाही गरिएपछि पद रिक्त थियो ।

क-कसले पाए इन्चार्जको जिम्मेवारी 

बैठकले प्रदेश १ मा इन्चार्जको जिम्मेवारी सुरेन्द्रबहादुर कार्की राम कार्कीलाई दिएको छ ।

२ मा विश्वनाथ साह, ४ मा हितारजा पाण्डे, ५ मा मणि थापा र ६ मा जनार्दन शर्मालाई ईन्चार्जको जिम्मेवारी दिईएको छ ।

प्रदेश ३ शाक्य र प्रदेश ७ मा लेखराज भट्टलाई नै निरन्तरता दिईएको छ ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको