Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश पाकिस्तानले गर्‍यो भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित

विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए, ७ हजार ६२४ संक्रमितको मृत्यु

admin

 विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ७ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये अमेरिकाका एक हजार ७२२, रुसमा ८६७, ब्राजिलमा ६३७, भारतमा २८२, टर्कीमा २१६ र बेलायतमा १३७ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल मृतकको संख्या ४७ लाख ९६ हजार २१९ पुगेको छ । कुल संक्रमित २३ करोड ४५ लाख २१ हजार २२३ मध्ये हालसम्म २१ करोड १३ लाख १४ हजार ७८२ जना निको भइसकेको छन् ।

पछिल्लो २४ घण्टामा मात्र ४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये अमेरिकामा मात्र ७३ हजार, टर्कीमा ३२ हजार, बेलायतमा ३१ हजार, भारतमा २८ हजार ब्राजिलमा २० हजार र रुसमा १८ हजार बढी कोरोना संक्रमित निको भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको