Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

आगलागीमा परेर कम्तिमा ३७ जनाको मृत्यु

admin

साइबेरियाको कोइला खानी सहर केमेरोभोमा अवस्थित एक सपिङ सेन्टरमा भएको भिषण आगलागीमा परेर कम्तिमा ३७ जनाको मृत्यु भएको छ । सपिङ मलमा रहेका ४१ बालबालिकासहित ६४ जना अझै हराइरहेका छन् । आगलागीका कारण भवनको विभिन्न भाग भत्कने खतरा रहेको छ ।

विन्टर चेरी कम्प्लेक्सको माथिल्लो भागबाट आगलागी शुरु भएको बताइएको छ । धेरै मृत्तकहरु सिनेमा हलमा रहेका थिए ।  समाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा मानिसहरु आगलागीबाट बच्न ५० फुटमाथि हाम फालिरहेको देखिएको छ ।

स्थानीय अधिकारीका अनुसार उद्धारका लागि ६६० जना विपत् व्यवस्थापनका कर्मचारी खटाइएको छ । आगलागीको कारण अझै पत्ता लागेको छैन । यसबारे अनुसन्धान शुरु भइसकेको छ । राजधानी मस्कोबाट केमेरोभो ३६ सय किलोमिटर पूर्वमा रहेको छ ।

सिनेमा, हल, रेस्टुरेन्ट, साउना, बलिङ एले र चिडियाखानासमेत रहेको यो मल सन् २०१३ मा खुलेको थियो । स्थानीय समय अनुसार साँझ ५ बजे आगलागी शुरु भएको थियो ।

मृत्तक ३७ जना मध्ये धेरैको पहिचान गर्न अप्ठ्यारो रहेको छ । त्यसमा ९ जना बालबालिका रहेका छन् ।

दुईवटा सिनेमा हलको छत खसिसकेको छ भने तेस्रो तल्लामा रहेको एउटा सिनेमा हलमा अझै उद्धारकर्मीहरु पुग्न सकेका छैनन् । मृत्तकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको