Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

टोखामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न

admin

पि.डि.एस.एस. वातावरण संस्था तथा हिमालयन वातावरण संरक्षण प्रा.ली. र टोखा नगरपालिका-७ को आयोजनामा वातावरणीय जनचेतनामुलक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विहान टोखा नगरपालिका-७ को बाटो छेउछाउ तथा पार्कमा सरसफाईगर्दै जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

‘फोहोर मैलाको उचित व्यवस्थापन सस्थागत अभियान’ मूल नारा राखिएको उक्त कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं अलौकिकको पनि संस्थागत सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै पि.डि.एस. एस. वातावरण संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलले आफूहरूले विगत केही समयदेखि हरियाली काठमाडौंको परिकल्पनागरी सडक छेउछाउमा बोट बिरुवा रोपि त्यसको संरक्षण गर्दै आईरहेको बताउनुभयो ।

पौडेलले बोट बिरुवा रोपिसकेपछि त्यसको संरक्षण गर्न संस्थाले मात्र नभई हरेक समुदायले सहयोग पुर्‍याउनु पर्ने बताउनुभयो । आफूहरूले विगत लामो समयदेखि वातावरण संरक्षणको लागि सडक छेउछाउमा तथा पार्कहरूमा रुख विरुवा रोपी त्यसको संरक्षण गरिरहेको र हरेक समुदायले आफू स्वस्थ हुन आफ्नो घर वरपर सम्भव भएसम्म वोटविरुवा रोप्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै हिमालयन वातावरण संरक्षण प्रा.लि.का अध्यक्ष भुपाल आचार्यले ग्लोवल वार्मीङका कारण विश्वले थुप्रै समस्याहरू झेल्नु परिरहेको यो विसम परिस्थितिमा यसरी रुखबिरुवा रोप्नु र त्यसको संरक्षण तथा आफ्नो वरीपरीको वातावरण स्वस्थ राख्नको लागि गरिने यस्ता कार्यक्रम बाट समुदायमा सकारात्मक सन्देश जाने बताउनुभयो । समुदायले पनि यसको लागि आ-आफ्नो ठाउँबाट सचेत भएर लाग्नुपर्ने बताउनुभयो । आचार्यले आफ्नो समुदायको वरपर फोहोर मैला गर्नेहरूलाई कढा भन्दा कढा कारवाही गर्नुपर्ने र त्यसको लागि समुदाय नै सचेत भइ लाग्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी टोखा न.पा. वडा नं. ७ का अध्यक्ष नरोत्तम रानाले आफ्नो नगरपालिकामा जस्तै सबै समुदायमा यसरी सरसफाई सम्बन्धी जनचेतनात्मक कार्यक्रमहरू सञ्ंचालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ गायक भीमसेन टिलामा लगायत लायन्स क्लव अफ काठमाडौं अलौकिकका प्रतिनिधीसँगै स्थानिय बासीहरूको उल्लेख्य सहभागीता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको