Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

अष्ट्रेलिया जाने विद्यार्थीको लागि उपयोगी शैक्षिक मेला आयोजना हुने

admin

विद्यार्थी र अभिभाबकको चाहनालाई मध्यनजर गर्दै बिदेश अध्ययन केन्द्रित तेस्रो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७४ राजधानीको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा मार्च ३० र ३१ (चैत्र १६ र १७) गते आयोजना हुँदैछ । उक्त मेला वान अप प्रा. लि. ले बिगत झैँ यस वर्ष पनि मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना गर्न लागेको हो । वर्तमान परिवेशमा नेपाली विद्यार्थीलार्इ अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्था वान अपका कार्यकरी निर्देशक रबी झाले जानकारी दिए ।

मेलामा उत्कृष्ट कलेज, युनिभरसिटि तथा कन्सल्टेन्सिहरु गरि ३० वटा भन्दा बढी संस्थाहरु सहभागी हुने छन । यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, IELTS मा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियरका बिषयमा प्रमुखताका साथ जानकारी दिईने आयोजकले जनाएको छ ।

ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्ने छन् । । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएने छ। फेयरमा विद्यार्थी तथा अभिभावकले निःशुल्क प्रवेश गर्न पाउने छन् ।

यस एजुकेशन फेयरको इन एशोसिएशन विथमा एजुकेशन पार्क रहेको छ भने फेयरको मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडीज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन, काठमाडौं इन्फोसिस, ओली एण्ड एसोसिएट्स, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् । त्यस्तै यस फेयरको प्रायोजकहरुमा भने डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पस र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको