Logo
05 Feb 2023    २२ माघ २०७९, आईतवार

ताजा खबर

नेपाली चर्चित रक ब्यान्ड MT.8848 को ‘सम्पत्ति’मा एलिश राई र स्मृती श्रेष्ठ(भिडियो) श्री स्वस्थानी ब्रत आज समापन गरिंदै राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज नेपालको पहिलो गभर्नर हिमालय समशेर राणाको ९६ वर्षको उमेरमा निधन परराष्ट्रमन्त्री पौड्यालद्वारा श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता नेपाल–भारत बीचको सम्बन्ध अलौकिक र पुरानो

कारको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

admin

सुरुङ्गा– कारको ठक्करबाट झापा भद्रपुरमा आज एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत पश्चिम बंगाल दालखोला घर भई हाल भद्रपुर–६ मा डेरा गरी बस्ने २१ वर्षीय सुनिल साह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

मे २ प ८२७७ नं को स्कुटर चालक साहलाई भद्रपुरबाट चन्द्रगढीतर्फ आइरहेको अवस्थामा सोही दिशातर्फ आइरहेको मे १ च २१७७ नं को कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका साहको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको