Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

एघारौ फिल्म फेयरको अवसरमा फेसन शो र ट्यालेन्ट हन्ट २०१८ आयोजना हुने

admin

बक्स अफिसको प्रस्तुति तथा मोडल सङ्गस नेपाल प्रा. लि. को व्यवस्थापनमा एघारौ फिल्म फेयरको अवसरमा फेसन शो र ट्यालेन्ट हन्ट २०१८ आयोजना हुने भएको छ ।
प्रतिभाको खोजि गरि भविष्यका लागि एक सक्षम प्रतिभावान एवम् क्षमतावान जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरुप कार्यक्रमको आयोजना हुन लागेको आयोजक तथा कार्यक्रमका व्यबस्थापकीय जिम्मेवारी सम्हालेका डेवील सिंह राजपुतले बताए ।
प्रतियोगिताका लागि यहि आउदो चैत्र २४ र २५ गते बिहान ११ बजे देखि ३ बजे सम्म रेड डायमण्ड रेष्टुरेन्ट नया बानेश्वरमा अडिसन हुने बक्स अफिसका प्रबन्ध निर्देशक आर के सुबेदीले जनाएका छन । विभिन्न प्रतियोगिताहरू कुशलतापूर्वक आयोजना गरि ख्याति कमाएका सुवेदीले भविष्यमा नेपाली कला क्षेत्रलाई थप उर्जाशील बनाउन यो कार्यक्रम अग्रसर देखिनका निकै प्रभावकारी हुने बताउछन । यश प्रतियोगितामा आफुमा कला भएर पनि उचित कदर नभएकाले निराश भएर बसेका सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका र उचित मूल्याङ्कन नहुदा आफूलाई एक्सपोज गर्न सक्षम नभएकाहरुका निमित्त उनिहरूको क्षमतालाई अभिवृद्दि गर्दै समाजमा सकरात्मक संदेश फैलाउदै नेपाली कला क्षेत्रमा सक्षम र क्षमतावान जनशक्ति उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा पत्रकार आर के सुबेदिले जानकारी गराएका छन ।
मोडल सङ्ग नेपाल प्रा लिको व्यवस्थापनमा आयोजना हुन लागेको यश प्रतियोगितामा सहभागिता जनाउन इच्छुक प्रतियोगी एवम् फेसन डिजाइनरले फोन न ९८५१२२७७६५ मा सम्पर्क गर्न सकिने प्रतियोगिताको व्यवस्थापन गरिरहेका डेबिल सिह राजपुत र सुजन रिमालले बताएका छन । छनौट हुन सफल प्रतियोगिहरूलाई मोडलिङ प्रमोशन ,टिभि सिरियल ,पेपर एड , राष्टिय टेलिभिजनमा अन्तर्वाता , सम्पुर्ण सहभागी प्रतियोगिलाई सर्टिफिकट प्रदान गरिने छ । यसका अलाव विजेतालाई नगद ५५,५५५ पुरस्कार प्रदान गरिने छ । फेसन डिजाईनरमा सहभागिता जनाउने डिजाईनरको निम्ति नेपाली सेलिब्रेटी पोशाक डिजाईन , बक्स अफिस फेसन सो प्रतियोगि पोशाक डिजाईन , अन्तराष्ट्रिय पोशाक डिजाईन प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर एवम राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने अवशर प्रदान गरिने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको