Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धन

admin

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारीमा जुटाएका छन् ।

कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारी भए भन्दा एक एकवटा बढी मन्त्रालय आफ्ना लागि राखेका छन् । गठबन्धन दलका शीर्ष नेताको मंगलबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादीले ६, एकिकृत समाजवादी र जसपाले ४/४ मन्त्रालय लिने समझदारी बनेको हो । त्यसपछि पनि बाँकी रहेका एक मन्त्रालय कांग्रेसले नै राखेको छ ।

जसपा नेता राजेन्द्र श्रेष्ठले मंगलबार बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नुअघिसम्म कांग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी, एकिकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय लिने समझदारी भएको बताएका थिए । उनले संसदको अंकगणितका आधारमा नभई समानताका आधारमा भागबन्डा गर्ने तय भएकाे जानकारी दिएका थिए ।

शीर्ष नेताको बैठकले संसद्को गणितका आधारमा २१ वटा मन्त्रालय भागबन्डाको समझदारी बनाएको जसपाकै अर्का नेता महेन्द्र राय यादवले जानकारी दिए ।

‘अहिले कांग्रेसको भागमा ६ मन्त्रालय परेको छ । बाँकी रहेको मन्त्रालय अहिले कांग्रेसकै भागमा रहनेछ’ यादवले भने ।प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाउन एक मन्त्रालय आफ्नै साथमा राखेको नेताहरुको अनुमान छ ।कान्तिपुर दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको