Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

admin

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिएका ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

बोर्डमा अध्यक्ष भैसकेपछि सर्वोत्तम सिमेन्टको संस्थापक शेयर छोरीका नाममा खरिद गरेको आरोप ढुंगानामाथि लागेको थियो ।

मन्त्रिपरिषदले असोज ११ गतेकोे ढुंगानालाई स्पष्टीकरण सोधेको थियो । उनले सरकारलाई बुझाएको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

‘भिष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ,’ ती मन्त्रीले भने, ‘नयाँ अध्यक्ष नियुक्तीबारे केही निर्णय भएको छैन ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि सेबोनको अध्यक्षमा नियुक्त गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको