Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

फेशन फलेर फेशन शोको अन्तिम अडिसन आगामी शनिवार

admin

क्रियसन प्रडक्सन ईभेन्ट म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुतीमा न्यू ईयर फेशन फ्लोर शो आयोजना हुने भएको छ । गत शनिवार लिईएको अडिसनमा समय अभाव भएर उपस्थित हुन नसकेका मोडलहरुको मागलाई ध्यानमा राखी आगामी शनिवार अन्तिम पटक अडिसन लिन लागेको आयोजक शोभा पौडेलले बताएकी छिन । उक्त अडिसनमा उल्लेख्य संख्यामा पुरुष तथा महिला मोडलहरुको सहभागिता जनाएका थिए ।


नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले नयां वर्षको अवसर पारेर फेशन शो तथा डान्स पार्टी आयोजना हुन लागेको हो । उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि आगामी शनीवार अनामनगरस्थित बिहानी क्याफेमा अन्तिम अडिसन हुने आयोजक तथा मोडल शोभा पौडेलले बताईन । उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।


छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक पौडेलले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा रहने उक्त शो मा नेपालका चर्चित लोकप्रिय कलाकारहरुले आफ्नो प्रस्तूती समेत दिनेछन । स्मरणीय रहोस क्रियटिभ ईभेन्ट म्यानेजमेन्ट थुप्रै सफल फेशन शो, सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट आयोजना गर्दै आइरहेको संस्था हो ।


अडिसनका लागि ईच्छुक मोडलहरुले अडिसन हुने स्थान बिहानी क्याफे अनामनगरमा आगामी शनिवार १७ गते ११ बजे उपस्थिती भई सहभागिता जनाउन सक्नेछन । थप जानकारीका लागि मोवाईल नं। ९८४६७९४१७८,९८१३७७५९२२ मा सिधै सम्पर्क राख्न सक्नुहुनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको