Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

कांग्रेस कार्यालयमा अनसन बसेका कार्यकर्ता देउवाको निर्देशनमा पक्राउ

admin

नेपाली कांग्रेसमा क्रियाशील सदस्यताका समस्या समाधान गर्न माग गर्दै सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन बसेका कार्यकर्तामाथि आज प्रहरीले धरपकड गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाको निर्देशनमा नै उनीहरुलाई पक्राउ गरी केन्द्रीय कार्यालय खाली गराइएको हो ।

सर्लाही र रौतहटका कांग्रेस कार्यकर्ताहरु क्रियाशील सदस्यताको विवादलाई लिएर दुई महिनाभन्दा बढी समयदेखि अनसन बसिरहेका थिए । आज पार्टीको पदाधिकारी बैठकमा पनि उनीहरुको असनबारे विषय उठेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शसांक कोइराला र प्रकाशमान सिंहले ‘कायर्ककर्तालाई अअनशन राखेर पार्टीले दसैं मनाउने हो ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा देउवाले समस्या चाँडै समाधान गर्ने आश्वासन दिएका थिए । तर, आजै देउवाले प्रहरी लगाएर कार्यकर्तामाथि धरपकड गर्दै कठोरता अपनाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको