Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

कांग्रेस कार्यालयमा अनसन बसेका कार्यकर्ता देउवाको निर्देशनमा पक्राउ

admin

नेपाली कांग्रेसमा क्रियाशील सदस्यताका समस्या समाधान गर्न माग गर्दै सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन बसेका कार्यकर्तामाथि आज प्रहरीले धरपकड गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाको निर्देशनमा नै उनीहरुलाई पक्राउ गरी केन्द्रीय कार्यालय खाली गराइएको हो ।

सर्लाही र रौतहटका कांग्रेस कार्यकर्ताहरु क्रियाशील सदस्यताको विवादलाई लिएर दुई महिनाभन्दा बढी समयदेखि अनसन बसिरहेका थिए । आज पार्टीको पदाधिकारी बैठकमा पनि उनीहरुको असनबारे विषय उठेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शसांक कोइराला र प्रकाशमान सिंहले ‘कायर्ककर्तालाई अअनशन राखेर पार्टीले दसैं मनाउने हो ?’ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा देउवाले समस्या चाँडै समाधान गर्ने आश्वासन दिएका थिए । तर, आजै देउवाले प्रहरी लगाएर कार्यकर्तामाथि धरपकड गर्दै कठोरता अपनाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको