Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गर्दै

admin

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्।

दल विभाजनको समयमा एमालेमै बसेका उनी बिहीबार एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन्।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका उपाध्यक्ष माधव पन्तले जोशी आज औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको जानकारी दिए।

दल रोज्न निर्वाचन आयोगले प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरुलाई दिएको भदौं २२ को समयसीमा भित्र नै उनले एकीकृत रोज्ने बताएका थिए। तर, उनी एमालेमै बसे। त्यही कारण एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि तोकेको थिएन। अन्तिमा उनी एमालेमै रहने भएपछि एकीकृत समाजवादीले गरिमा शाहलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको