Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

पर्सामा फेरि अर्की १० वर्षीया बालिकामाथि बलात्कार

admin

वीरगञ्ज । पर्सामा फेरि अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ । पर्साको बहुदरमाई नगरपालिकामा १० वर्षीया बालिकामाथि बलात्कार भएको हो ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका-५ का २३ वर्षीय मणीभुषण पाण्डेलाई पक्राउ गरेको छ ।

स्कुलबाट घर फर्किएर बाख्रा लिन जाँदा बालिकामाथि बालात्कार भएको थियो । पाण्डेले बाख्रा आफ्नो घरमा बाँधेर राखि बालिकालाई फुकाएर लान भनेर बोलाएका थिए ।

घरभित्र बाख्रा फुकाउन जाँदा ढोका थुनेर बालिकालाई बलात्कार गरेका हुन् । बालिका चिच्याएको आवाज सुनेर स्थानीय महिलाहरु घटना स्थलमा पुगेर बालिकाको उद्दार गरेर प्रहरीलाई खबर गरेका थिए ।

त्यहाँबाट भागेका पाण्डेलाई डकैला प्रहरीले पक्राउ गरेको र पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ परिक्षण गरिएको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

एक महिनाभित्र पर्साको पटेर्वा सुगौली गाउँपालिका र पर्सागढी नगरपालिमा समेत गरी ३ जना बालिकामाथि बलात्कारको घटना भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको