Logo
20 Apr 2024    ८ बैशाख २०८१, शनिबार

ताजा खबर

अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने कामलाई तीब्रता दिन गृहको निर्देशन एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार

भारतको एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या

admin

भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो ।

गोली लागेका दुवै शिक्षकलाई अस्पताल लगिएपनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । जम्मु कश्मीर प्रहरीले भने यसलाई आतंकवादी आक्रमण भएको बताएको छ । जम्मु कश्मीर प्रहरीका डीजीपी दिलबाग सिंहले पछिल्ला केही घटना आम नागरिकलाई लक्षित गरी भइरहेको र मानिसहरुमा डर उत्पन्न गर्ने प्रयास भएको बताएका छन् । उनले यस्ता घटनाहरु पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भइरहेको उनको बुझाइ छ ।

पछिल्लो एक सातामा श्रीनगरमा विभिन्न आक्रमणमा परी सात जनाको मृत्यु भइसकेको छ । यससँगै श्रीनगरको प्रहरीलाई हाई अलर्टमा राखिएको छ भने ठाउँठाउँमा मानिसहरुको चेकिङ बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीनगरमा आक्रमणको सूचना पहिला नै आएको थियो र त्यसको तयारी पनि गरिएको थियो । प्रहरीका अनुसार यस वर्ष मात्र विभिन्न घटनामा ३० जनाको मृत्यु । भारतिय न्युज एजेन्सीहरु बाट


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको