Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

भारतले नेपाल आउने बिजुलीको भाउ बढायो

admin

काठमाडौं -भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ । भारतले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो ।

भारतले प्रतियुनिट ३.६० भारु (५.७६) रुपैयाँ मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ (६.३६) रुपैयाँ बनाएको छ । ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत वृद्धि हुने गरी सम्झौता गरिएको छ ।

नेपाल विद्युत प्राधीकरणले ढल्केबर मजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतबाट आयात गर्न १५ महिनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको