Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

‘राष्ट्रिय नव दुर्गा सम्मान २०७८” बाट ९ नायिका सम्मानित

admin

नेपाली चलचित्र जगतमा आफ्नो अमुल्य योगदान दिए बापत ३ पुस्ताका ९ जना नायिकाहरुलाई ‘राष्ट्रिय नव दुर्गा सम्मान २०७८” बाट सम्मान गरिएको छ ।

रेजिना ईन्टरटेनमेन्ट प्रा.लि र शहिद फिल्मस् प्रा.लि.को संयुक्त आयोजनामा उर्जा जलश्रोत तथा सिंचाई मन्त्री माननीय पम्फा भुसाल ज्युको प्रमुख आतिथ्यमा, चलचित्र विकास बोर्डका अध्यक्षय श्री दयाराम दाहाल ज्युको विशेष आतिथ्यमा, अभिनेत्रीद्व्य रेजिना उप्रेती र बिमला केसीको संयोजक्त्वमा घट्टस्थापनाको शुभ अवसर पारेर भव्यताका साथ सम्पन्न भएको उक्त सम्मान कार्यक्रम बिहिबार, चावाहिलस्थित चलचित्र विकास वोर्डको भवनमा गरिएको हो ।

नेपालकै पहिलो रंगीन चलचित्रकी अभिनेत्री चैतन्य देवी, विशिष्ट अभिनेत्री शर्मिला मल्ल, विशिष्ट अभिनेत्री मौसमी मल्ल, विशिष्ट चरित्र अभिनेत्री लक्ष्मी गिरी, अभिनेत्री नीता ढुंगाना, विशिष्ट अभिनेत्री केकी अधिकारी, विशिष्ट अभिनेत्री सुरक्षा पन्त, विशिष्ट अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र विशिष्ट अभिनेत्री उपासना सिंह ठकुरीलाई नवदुर्गा सम्मानद्वारा सम्मानित गरिएको हो ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर र रेखा थापा लगयत थुप्रै अभिनेत्रीहरुको उपस्थिती रहेको थियो भने ९ जना अभिनेत्रीहरुलाई वंहाहरुकोकै चर्चित गीत मार्फत ट्रिब्युट पनि गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अभिनेत्री मौसमी मल्ल र केकी अधिकारीले सम्मानित ९ जनाको प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्र चलायमान बनाउन नारी शक्तीको ठुलो हात रहेको र नारिहरुलाई सम्मान गर्नुपर्ने लगायतका कुराहरुमा जोड दिनु भएको थियो ।

सोही अवसरमा माननीय उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउनुभयो ।

उहाँले राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्याउनका निम्ति भएका ऐन तथा कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गर्नुभयो ।

आयोजकद्वय अभिनेत्री रेजिना उप्रेती र बिमला के सिले कार्यक्रममा आफ्नो अमुल्य समय दिएर उपस्थिती जनाइदिनु हुने सम्पूर्ण कलाकार्मी, वरिष्ठ व्यक्तित्वहरु, सञ्चारकर्मी लगायत सम्पूर्णलाई हृदयदेखि नै आभार तथा धन्यवाद दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको