Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

१० वर्षीया बालिका आफ्नै साथीबाट बलात्कृत

admin

चितवन एउटै कक्षमा पढ्ने साथीबाट पूर्वी चितवन खैरहनीका १० बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

चैत ११ गते दिउँसो घरमा एक्ले सुतेको समयमा दुई साथी आएर एकले घाँटी समाएको र अर्काले जबर्जस्ती गरेको बालिकाले अभिभावकलाई बताएकी छिन् ।

छोरीलाई घरमा सुताएर अभिभावक नजिकैको खोलामा नुहाउन गएका बेला घटना भएको हो ।

अभिभावक नुहाएर फर्किदाँ सुतिरहेकी बालिकामा उठबस गर्न नसक्ने, ज्वरो आउने, उल्टी गर्ने, पखाला लाग्ने समस्या देखिएको थियो ।

घटनाको भोलिपल्ट उनी सिकिस्त भएकी थिइन् ।

सुताउन लाग्दा बालिकाको योनी असामान्य देखेपछि अभिभावकले उपचारका लागि अस्पताल ल्याएका छन् ।

बलात्कृत भएको चार दिनमा पनि बालिका राम्ररी होसमा आउन नसकेको अभिभावकले बताए ।

घटनामा संलग्न भनिएका बालकहरु ९ बर्ष पाँच महिना र ९ बर्ष सात महिनाका रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

नागरिक दैनिक


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको