Logo
19 Apr 2024    ७ बैशाख २०८१, शुक्रबार

ताजा खबर

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी शुक्रबार बिहानै इरानमाथि इजरायलको जवाफी हमलामा मिसाइल प्रहार हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी

देशभर कति मन्त्रालय, कति मन्त्री ?

admin

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । संघ सरकारअन्तर्गत रहेका २१ वटा मन्त्रालयमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका पाँच दलबाट मन्त्रीहरू नियुक्त गरेका छन् । यद्यपि, संविधानले संघ सरकारमा प्रधानमन्त्रीसहित २५ वटा मन्त्रीको व्यवस्था गरेको छ, जसमा तीनवटा राज्यमन्त्री छन् ।

संघमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका बेला देशभर कतिवटा मन्त्रालय छन् भन्ने चासो छ । संघात्मक प्रणालीमा गएको नेपालमा सात प्रदेशमा सातवटा सरकार छन् । संघसहित प्रदेशमा जोड्दा झण्डै १०० हाराहारी मन्त्रालय पुग्छन् । संघीय प्रणाली अपनाएपछि यति सानो देशमा मन्त्रीको संख्या भने १०० नजिक छ । अझ प्रदेशमा मन्त्रालय फुटाएर मन्त्री बनाउने गरिएको छ । प्रदेशमा सांसद संख्याको २० प्रतिशत मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।

संघ सरकारः एक प्रम, १९ मन्त्री, तीन राज्यमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा । बालकृष्ण खाण- गृह मन्त्रालय । ज्ञानेन्द्रबहादुर कार्की- संचार, सूचना तथा प्रविधि । पम्फा भुसाल- ऊर्जा जलस्रोत तथा सिँचाइ । राजेन्द्रप्रसाद श्रेष्ठ- संघीय मामिला तथा सामान्य प्रशासन । विरोध खतिवडा- स्वास्थ्य तथा जनसंख्या । जनार्दन शर्मा- अर्थ । डा. मीनेन्द्र रिजाल( रक्षा । उमाकान्त चौधरी- खानेपानी । डा. नारायण खड्का- परराष्ट्र । रेणुकुमारी यादव- भौतिक पूर्वाधार तथा यातायात । प्रेमबहादुर आले- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन । दिलेन्द्रप्रसाद बडू- कानुन, न्याय तथा संसदीय मामिला । देवेन्द्र पौडेल- शिक्षा, विज्ञान तथा प्रविधि । महेन्द्र राय यादव- कृषि तथा पशुपक्षी विकास । उमा रेग्मी- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । शशी श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण । रामकुमारी झाँक्री- शहरी विकास । गजेन्द्रबहादुर हमाल- उद्योग, वाणिज्य तथा आपूर्ति । रामसहायप्रसाद यादव- वन तथा वातावरण । किसान श्रेष्ठ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा । महेश्वरजंग गहतराज- युवा तथा खेलकुद । राज्यमन्त्रीमा उमेश श्रेष्ठ, भवानीप्रसाद खापुङ र बोधमायाकुमारी यादव रहेका छन् ।

प्रदेश १ : एक मुख्यमन्त्री, चार मन्त्री, तीन राज्यमन्त्री

मुख्यमन्त्री- भीम आचार्य । लीलाबल्लभ अधिकारी (राज्यमन्त्री)-आन्तरिक मामिला तथा कानुन मन्त्रालय । तुलसीप्रसाद न्यौपाने- आर्थिक मामिला तथा योजना मन्त्रालय । लछुमन तिवारी (मन्त्री)र उत्तमकुमार बस्नेत (राज्यमन्त्री)- उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय । हीराकुमार थापा (मन्त्री) र ज्ञानेश्वर राजवंशी (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । भौतिक पूर्वाधार विकास मन्त्रालय- (मन्त्री छैन) । बलबहादुर साम्सोहाङ- सामाजिक विकास मन्त्रालय ।

प्रदेश २ : एक मुख्यमन्त्री, आठ मन्त्री, तीन राज्यमन्त्री

लालबाबु राउत – मुख्यमन्त्री र कानुन, न्याय तथा प्रदेशसभा मन्त्रालयर वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय । रामसरोज यादव- भौतिक पूर्वाधार विकास मन्त्रालय, शैलेन्द्रप्रसाद साह (मन्त्री) र उषा यादव (राज्यमन्त्री)- अर्थ मन्त्रालय, भरतप्रसाद साह (मन्त्री) र रुबीकुमारी कर्ण (राज्यमन्त्री)- आन्तरिक मामिला तथा संचार मन्त्रालय । विजयकुमार यादव (मन्त्री) र योगेन्द्र राय यादव (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । नवलकिशोर साह सुडी- सामाजिक विकास मन्त्रालय । रामनरेश राय- उद्योग, पर्यटन तथा वन मन्त्रालय । वीरेन्द्रप्रसाद सिंह- महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय । ओमप्रकाश शर्मा- खानेपानी तथा ऊर्जा मन्त्रालय ।

बाग्मती प्रदेश: एक मुख्यमन्त्री, सात मन्त्री, चार राज्यमन्त्री

अष्टलक्ष्मी शाक्य- मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय । केशवराज पाण्डे (मन्त्री) र जीवन खड्का (राज्यमन्त्री) – भौतिक पूर्वाधार विकास । रचना खड्का- आर्थिक मामिला तथा योजना । विजय सुवेदी (मन्त्री) र जुनेली श्रेष्ठ (राज्यमन्त्री)- सामाजिक विकास । शान्तिप्रसाद पौडेल (मन्त्री) र सरस्वती बाटी (राज्यमन्त्री)- उद्योग, पर्यटन वन तथा वातावरण । प्रदीपकुमार कटुवाल क्षेत्री- स्वास्थ्य । डा. अजयक्रान्ति शाक्य- आन्तरिक मामिला तथा कानुन । चन्द्र लामा (मन्त्री) र बद्री मैनाली (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी ।

गण्डकी : एक मुख्यमन्त्री, १० मन्त्री

कृष्णचन्द्र नेपाली पोखरेल- मुख्यमन्त्री । कुमार खड्का- भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय । रामजी वराल- अर्थ मन्त्रालय । हरिशरण आचार्य- ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय । राजिव गुरुङ- युवा तथा खेलकुद मन्त्रालय । मणिभद्र शर्मा- पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय । मेखलाल श्रेष्ठ- शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय । मधु अधिकारी गुरुङ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । चन्द्रबहादुर बुढा- भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय । बिन्दुकुमार थापा- कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालय । दीपक थापा- वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय ।

लुम्बिनी : एक मुख्यमन्त्री, छ मन्त्री, छ मन्त्रालय खाली

कुलप्रसाद केसी – मुख्यमन्त्री । डिल्लीबहादुर चौधरी-पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय । कृष्णध्वज खड्का- आर्थिक मामिला तथा सहकारी मन्त्रालय । सहसराम यादव- भौतिक पूर्वाधार विकास मन्त्रालय । अजय शाही- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय । सुमन शर्मा रायमाझी- कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय । पुर्मती ढेंगा- श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय ।

आन्तरिक मामिला तथा संचार मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय खाली छन् ।

कर्णाली: एक मुख्यमन्त्री, सात मन्त्री

महेन्द्रबहादुर शाही- मुख्यमन्त्री । नन्दसिंह बुढा- उद्योग, पर्यटन, वन तथा वातावरण । अम्मरबहादुर थापा- भौतिक पूर्वाधार तथा शहरी विकास । कुर्मराज शाही- भूमि व्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपाली- आन्तरिक मामिला तथा कानुन मन्त्रालय । गोपाल शर्मा-आर्थिक मामिला तथा योजना मन्त्रालय । दीनबन्धु श्रेष्ठ- जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, यज्ञबहादुर बीसी- सामाजिक विकास मन्त्रालय ।

सुदूरपश्चि: एक मुख्यमन्त्री, छ मन्त्री, चार राज्यमन्त्री

त्रिलोचन भट्ट- मुख्यमन्त्री । दीर्घबहादुर सोडारी (मन्त्री) र चुनकुमारी चौधरी (राज्यमन्त्री)-भौतिक पूर्वाधार विकास मन्त्रालय । मानबहादुर धामी- उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय । तारालामा तामाङ (मन्त्री) र माया तामाङ बोहोरा (राज्यमन्त्री)- आर्थिक मामिला मन्त्रालय । लालबहादुर खड्का (मन्त्री) र मनाकुमारी साउँद (राज्यमन्त्री)- सामाजिक विकास मन्त्रालय । विनितादेवी चौधरी (मन्त्री) र मानबहादुर सुनार (राज्यमन्त्री)- भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय । पूर्णा जोशी- आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको