Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

क्लब उडल्याण्डमा गायक सविन राईको धमाका

admin २३ आश्विन २०७८, शनिबार २१:५५ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै लकडाउनमा परेको रात्रीकालिन व्यवसाय भर्खरै खुल्न थालेको हो । लामो समयसम्म बन्द रहेको रात्रीकालिन व्यवसायमध्ये क्लब, डान्स बार र दोहोरी हुन् । त्यही मारमा परेको क्लब व्यवसायमध्ये नाम चलेको क्लब उडल्याण्डले लकडाउन खुलेसँगै आफूलाई नयाँ साजसज्जासँगै पुनः संचालनमा ल्याएको छ । दरबारमार्ग महेन्द्र शालिक अगाडि रहेको क्बल उडल्याण्डले पुनः नयाँ डेकोरेसनसहित गायक सविन राईलाई प्रमुख आकर्षण बनाएर संचालनमा ल्याएको हो । असोज २२ गते शुक्रबारको रात्रीकालिन समयमा गायक सविन राईलाई प्रमुख अतिथि बनाएर केक काट्दै संचालनमा रौनकता ल्याएको हो । गायक सविन राईको प्रस्तुतिसँगै क्लब उडल्याण्डमा भिडभाड बढेको थियो । सविन राईको प्रस्तुतिलाई हेर्न र उनीसँगै रमाउनका लागि जम्मा भएका ग्राहकहरुको भीडमा आयोजना गरिएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष प्रेम श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत गर्दै अध्यक्ष प्रेम श्रेष्ठले गायक सविन राईको प्रमुख आतिथ्यमा क्लब उडल्याण्डलाई ६ वार्षिकोत्सव मनाएका थिए । क्लब उडल्याण्ड छैटौं वर्ष पार गरेर सातौं वर्षमा प्रवेश गर्दा साथ र सपोर्ट दिने सम्पूर्ण शुभचिन्तकलाई आधार प्रकट गरेका थिए । कार्यक्रममा क्बल उडल्याण्डमा प्रबन्ध निर्देशक सुनिल कुँवर, संचालक समूहका अर्जुन बस्नेत, नवीन प्रधान, किशोर थापा, सुशील खड्गी, सुनिल श्रेष्ठ, रामशरण खरेल रहेका छन् । कार्यक्रममा गायक सविन राईले आफ्ना प्रस्तुतिहरु दिएर ग्राहकहरुलाई सांगीतिक प्रस्तुति दिएका थिए । उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर आफ्ना फ्यानहरुलाई मनोरञ्जन दिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको