Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य

admin

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्। प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन्।

दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ। सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन्।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन्। प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन्। गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन्।

यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघकाे सत्ता गठबन्धनकाे तयारी ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको