Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

मतदाता नामावली अद्यावधिक गर्दै निर्वाचन आयोग राजेन्द्र लिङ्देनसहित सातै जनालाई छाडियो राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड

विश्वकीर्तिमानी गीतकार डा.डीआरको ‘नवदुर्गा भजन’सार्वजनिक(भिडियो)

admin

विश्वकीर्तिमानी  गीतकार डा. डीआर उपाध्यायको दुर्गा भजन ‘नवदुर्गा भजन’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत र देवेन्द्र नेवाः को सङ्गीत संयोजन रहेको दुर्गा भजनको भिडियो नेपालीहरूको महान् चाड दशैँको अवसर पारेर सार्वजनिक गरिएको हो । पवन भट्टको रेकडिङ रहेको भजनमा सन्तोष पौडेलको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

अर्जुन खडकाको निर्देशन रहेको भजनको भिडियोमा गीतकार उपाध्याय, गायक सागर, सुनिता खनाल लगायतलाई फिचरिङ गरिएको छ । सनम तामाङको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको कलर संयोजन छ । भजनमा देवी दुर्गाको महिमा व्यक्त गरिएको छ ।

‘बडा दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ, यही विशेष समयमा यो दुर्गा भजन सार्वजनिक गरिएको हो’, डा. उपाध्यायले भन्नुभयो । हामीकाहाँ धेरै जसो भारतीय भजनहरू रहेको र नेपाली भजन नै किन नगर्ने भनेर दुर्गा भजन स्रोता/दर्शकमाझ ल्याएको उहाँले प्रष्ट पार्नुभयो ।

गीत सङगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गर्नुभएका डा. उपाध्यायका २४ एल्वमका सायौ गीत स्रोता/दर्शकमाझ रहेका छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफि लभ’ र ‘मेरी प्रिया’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको