Logo
22 Apr 2025    ९ बैशाख २०८२, मंगलवार

ताजा खबर

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह प्रख्यात दार्शनिक, वेदान्त विद्वान तथा लेखक आचार्य प्रशान्त भोपालमा मञ्जु थापा र सागर आलेको स्वरमा ‘सोल्टिनी तिम्रै माया लाग्छ’(भिडियो) नेपाल आइपुगे विश्वकप विजेता रोबर्टो कार्लोस कक्षा १२ को परीक्षा नसर्ने खुम्बुमा एकै दिन सात सय पर्यटकको आगमन

ईनास युएईको अध्यक्षमा एमडी बोहोरा,सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई

admin

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युएईको अध्यक्षमा एमडी बोहोरा चयन भएका छन् । त्यसैगरी, गायिका इन्दिरा भट्टराई र साहित्यकार रमेश क्षितिजलाई पनि नेतृत्वदायी भूमिका प्रदान गरिएको छ ।

ईनासको वरिष्ठ उपाध्यक्षमा कुशल बुचा, प्रथम उपाध्यक्षमा दुर्गाबहादुर सुनुवार र द्वितीय उपाध्यक्षमा मोहन बोगटी चयन भएका छन् । त्यसैगरी, महासचिवमा हरि मोक्तान, सचिवमा रुमा अधिकारी, कोषाध्यक्षमा वीरेन्द्र दंगाल, सहकोषाध्यक्षमा सन्दीप लामा चयन भएका छन् । प्रवक्ताको जिम्मेवारी श्रेया भण्डारीले पाएकी छिन् ।

नृत्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा सनम रसाइली, हास्य व्यङ्ग्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्द्र सेञ्चुरी, चलचित्र विकास तथा प्रवर्द्धन समिति संयोजकमा रमेश क्षीतिज चयन भएका छन् ।

ईनासको सांगीतिक विकास तथा प्रवर्द्धन समिति संयोजकमा इन्दिरा भट्टराई चयन भएकी छिन् । भाषा तथा साहित्य विकास तथा प्रवर्द्धन समिति संयोजकमा सूर्यकुमार बोहोरा चयन भएका छन् ।

कार्यक्रम तर्जुमा तथा कार्यान्वयन समति संयोजकमा भीम मल्ल ठकुरी, सूचना तथा प्रचारप्रसार समिति संयोजक गणेश रसाइली चयन भएका छन् ।

खेलकुद प्रवर्द्धन समिति संयोजकमा सूर्य सुनुवार र कुल लेप्चा ब्याण्ड म्यानेजर ओतप्रोत ब्याण्ड तथा केन्द्रीय सदस्यमा निमल पुन, रेबिका थापा मगर, अमित सापकोटा, यास्मिन अधिकारी, पल श्रेष्ठ, विष्णु गिरी, हरि डाँगी चयन भएका छन् ।

त्यसैगरी, अनु सुवेदी, अमृता लक्सम, टेक लामगादे, गगनकुमार विक, जेनिषा रम्तेल, प्रिन्स चौलागाई, सुरेन्द्र लामा, कञ्चन देवकोटा र आशिष गुरुङ पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको