Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

वैशाख १५ गते काठमाडौंमा प्रदर्शन गर्दै राप्रपा नेपाल आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा

दसैमा खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं

admin

-डा.डिआर उपाध्याय,

दसै सुरक्षित भएर मनाऔं, खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं । आज भोली दसैं पर्वको चहलपल सुरु भएको छ। गत बर्ष कोरोना महामारीले दसैं खल्लो बनायो । यो वर्षको दसैं भने रमाइलो नै छ । दसै सुरक्षित भएर मनाऔं। खानपान र स्वास्थ्य मापदण्डमा ख्याल गरौं। कोरोना खोप धेरै नागरिकले पाइसकेका छन । अहिले देशमा लकडाउन छैन। स्वास्थ्य मापदण्ड अपनाएर हिडडुल गर्न पाइन्छ । तर ठूलो भिडभाडमा भने बस्नु हुदैन ।

हिजो सम्म यातायातका साधन निर्वाध रूपमा चलेका थिए । कोरोनाको कसैले ख्याल गरेको देखिदैन । कोरोना पूर्णरुपमा हटेको अवस्था अझै छैन। दैनिक संक्रमित भेटिएका छन्। कोरोनाकै कारण हुने मृत्युलाई शून्यमा झार्न सकिएको छैन। त्यसैले अझै स्वास्थ्य मापदण्डको पालना आवश्यक छ। स्वास्थ्य सुरक्षा प्राथमिक विषय हो। अघिल्लो वर्षको बडादसैंमा त्यस्तो रौनक थिएन । गत बर्ष दसैं घर परिवारमा मात्र सीमित बन्यो । सावधानी अपनाएर चाड मनाउनुपर्ने परिस्थिति थियो। अहिले पनि सावधानी अपनाएर चाड मनाउनुपर्ने परिस्थिति छ । अहिले पनि खेलवाड कसैले गर्नु हुदैन ।

बजारमा देखिने ठेलमठेलको भीडले कोरोना निम्त्याउछ की भन्ने चिन्ता छ । दसैं भने पछि सबैलाई रमाईलो लाग्छ नै । जे भए पनि मास्क लगाउन कसैले बिर्सन हुदैन । सार्वजनिक यातायातमा भित्र खुट्टा टेक्ने ठाउँ थिएन। स्वास्थ्य मापदण्डलाई यी सबै दृश्यले गिज्याएको छ। देशका मुख्य सरहमा केही दिन अघि सम्म भीड थामिनसक्नु थियो । जसका कारण पुनः संक्रमितको संख्या बढ्न सक्ने खतरा छ । खोपले कोरोनाको मृत्युदर घटनाउने मात्र हो, संक्रमण हुनबाट रोक्ने होइन।

कोरोना नयाँ नयाँ भेरियन्टमा आउने भएकाले मानव स्वास्थ्यका लागि जोखिम उत्तिकै छ। विश्वका विकसित मुलुकले यो विषयलाई गम्भीरताका साथ लिएका छन । तर हाम्रो मुलुकमा अझै खेलाँची छ। यस्तो क्रियाकलापले पुनः महामारी नफैलिएला भन्न सकिँदैन। सचेत हुनैपर्ने समय हो यो।खोप नेपालमा भित्रिएसँगै स्वास्थ्य विज्ञले यो विषयमा सचेत गराइरहेका पनि छन्। तर, अझै नागरिकमा खोप लगाएपछि ढुक्क हुन्छ, संक्रमण हुँदैन भन्ने भ्रम छ। यसै भ्रमका कारण स्वास्थ्य मापदण्डमा लापरबाही छ। सामाजिक दूरीको पालना छैन। पुनः सरसफाइमा ध्यान घटेको छ।

अब चाडपर्वको समयमा यो संक्रमण गाउँगाउँसम्म गुग्ने हो की भन्ने चिन्ता छ । पारिवारिक भेटघाट र जमघटले कोरोना निम्त्याउन सक्ने सम्भावना पनि उत्तिकै बढेर गएको छ । धेरैजसो मानिस दसैंमा आफ्नो मूलघर पुगेका छन । सहरमा अस्थायी बसोबास गर्नेहरू आफ्नो थातथलो गाउँ फर्किएका छन । तर, परिवारसँग रमाइलो गर्न दसैंमा घर जानेहरूले आफूसँगै कोरोना भाइरस पनि लगेमा त्यसले संकटको स्थिति पैदा गर्न सक्छ।

दसैंलगत्तै चिसो बढ्ने मौसम हो । त्यसो भएकाले चिन्ता गर्नु पर्ने अबस्था छ । खोप लगाएँ भनेर ढुक्क हुने अवस्था छैन। अहिले कोरोनाजस्ता भाइरसबाट बाच्ने एकमात्र उपाय भनेको सजगता अपनाउनु नै हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको