Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

सर्लाहीमा गोली चल्यो, एक घाईते

admin

काठमाडौं– सर्लाहीको पर्सा गाउँपालिका–३ स्थित नारायणपुरमा गोली चलेको छ ।
शुक्रवार विहान करिब चार बजे अज्ञात ब्यक्तिहरुले चलाएको गोली लागेर भारत भर्जुवा घर भएका १९ बर्षका राजीव पासवान घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) मसुद आलम खानले जानकारी दिएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा सामान्य विवादमा भारतको भर्जुवा स्थायी घर भएका घाईते पासवानकै छिमेकीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
राजीवको दाहिने पाखुरामा गोली लागेको छ ।
अत्याधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि भारतको सितामडी पठाउने तयारी भईरहेको एसपी खानले बताए ।
उनका अनुसार गोली चलाउनेको पहिचान भैसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको