Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

कार्तिक १५ गते ‘एएनपी नेशनल अवार्डस–२०२१’आयोजना हुदै

admin

विगत २४ वर्षदेखि शैक्षिक तथा १५ वर्षदेखि इभेन्ट र मनोरञ्जनको क्षेत्रमा विभिन्न फलदायी तथा स्तरीय राष्ट्रिय कार्यक्रम आयोजना गरेर लोकप्रियता कमाउन सफल अल नेपाल पब्लिकेसन (एएनपी) मिडिया हाउसले चलचित्र, संगीत र फेसन क्षेत्रका स्रष्टा र सर्जकको सम्मानमा एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्ने भएको छ। स्रष्टा र सर्जकको सम्मानमा पहिलोपटक एएनपी नेशनल अवार्डस–२०२१ आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष लबबहादुर कार्र्कीले जानकारी गराएका छन्। उनका अनुसार आगामी कात्तिक १५ गते राजधानीको बत्तीसपुतलीस्थित  होटल इम्पेरियलमा आयोजना गरिने कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल स्रष्टा र सर्जकलाई सम्मान गरिनेछ भने चलचित्र, संगीत र फेसनको क्षेत्रमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ। यसका लागि निःशुल्करुपमा आवेदन भर्न सकिने कार्कीले जानकारी गराए। उनका अनुसार फेसन क्षेत्रअन्र्तगत मोडल र कोरियोग्राफरका अलावा इभेन्ट आयोजक तथा व्यबस्थापकहरुलाई समेत प्रोत्साहित गर्न ती विधामा समेत अवार्डको ब्यबस्था गरिएको छ। को संयोजनमा हुने कार्यक्रममा विभिन्न मनोरञ्जक प्रस्तुति प्रस्तुत गरिने अध्यक्ष कार्कीले जानकारी गराए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको