लोकतान्त्रीक खेलकुद संघको युवा तथा खेलकुद मन्त्री गहतराजलाई ध्यानकर्षण पत्र

। नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आइतबार ध्यानकर्षण पत्र बुझाएको छ ।

नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले सर्बियाको राजधानी बेलग्रेडमा हुने विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेल पोसाक ट्रायकसुट सहित विदाई गर्ने कार्यक्रम आयोजना गरेकोमा नेपाल बक्सिङ संघले नियोजित रुपमा खेलाडीलाई सहभागी हुन नदिएको भन्दै संघले मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझायो ।

संघले खेलाडीलाई धम्काउँदै कार्यक्रममा सहभागी हुन रोक लगाएकोमा भत्सर्ना गर्दै त्यस्ता कार्य गर्नेहरुलाई छानविन गरि कार्यवाही गर्न संघका अध्यक्ष दीपक गुरुङले युवा तथा खेलकुद मन्त्रीसँग माग गरे ।

‘नेपाल लोकतान्त्रीक खेलकुद संघ खेल क्षेत्रको विकृती र विसंगती हटाई खेलाडी र खेलकर्मीहरुको हक हित स्थापित गर्न स्थापना भएको एक खेल संस्था हो,’ विज्ञप्त्तीमा भनिएको छ, ‘खेलाडी राष्ट्रको गौरव तथा सवै नेपालीहरुको साझा सम्पत्ती रहेको र खेलाडीहरुलाई सम्मान गर्न पाउने सवैको अधिकारको कुरा रहेकोमा नेपाल बक्सिङ संघका केहि पदाधिकारी र मुख्य प्रशिक्षकले व्यक्तिगत दुरासय र वैमनस्यताका कारण विदाइ कार्यक्रममा उपस्थती जनाए खेलाडीहरुलाई कारवाही गर्ने धम्की दिएर उपस्थिती हुन रोक लगाएकोले छानविन गरि त्यस्ता खेलभावना विपरित कार्य गरि खेल क्षेत्रको वदनाम गर्ने पदाधीकारीहरुलाई यथासिघ्र कारवाहीको माग  गर्दछ ।’

खेलकुद मन्त्री महेश्वर गहतराजले ध्यानकर्षण पत्र बुझ्दै के कस्तो भएको हो त्यसको बारेमा छानविन गरि निर्णय गर्ने बताए ।

त्यस्तै संघले राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सचिव एवं विभागीय प्रमुख कुलबहादुर थापा र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई पनि उक्त आशय सहितको ध्यानाकर्ण पत्र बुझाएको छ।

सचिव थापा र अध्यक्ष श्रेष्ठले पनि खेलाडीहरु सवैका साझा सम्पत्ती भएका र नियोजित रुपले कसै संगको व्यक्तिगत कारण खेलाडीहरुलाई मुछेर खेलभावना विपरित कार्य गर्न नहुने भन्दै यसका बारेमा छानविन तथा पत्राचार गरि निर्णय गर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *