Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’सार्वजनिक 

admin

कमला जोशीको प्रस्तुती रहेको चलचित्र ‘कुईनेटो’को दोश्रो गीत ‘जलेको जल्यै छ यो मन’ बोलको गीत सार्वजनिक  भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ ।

सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलिक विषय वस्तु समावेश भएको प्रेम कथामा आधारित हाँस्य विधामा वनेको चलचित्र हो । स्थानिय चौधरी र अछामी भाषा र संस्कृतिलाई चलचित्रमा समेटिएको निर्देशक माधव राज खरेलले वताएका छन् ।हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदिलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

माधव राज खरेल निर्देशित उक्त चलचित्रलाई छिट्टै सार्वजनिक प्रर्दशनीमा ल्याउने निर्माण कम्पनीले वताएको छ । निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव सापकोटा, मनिराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा किरण दाहालको द्धन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारी र जीवन पराजुलीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन हरेको छ भने चलचित्रमा सन्तोष श्रेष्ठ, श्रेयसी चेम्जोङ, यूवराज चौलागाई, राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी, पुरुषोत्तम लोहनी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर, शव्द र संगीत रहेको छ


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको