Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

भारतीय अवरोधले नाकामा सास्ती, आयात निर्यातमा असर

admin

व्यवस्थापनका नाममा भारतीय प्रहरीले अवरोध गरेपछि सुनौली नजिक समान अलपत्र छन् । भारतीय प्रहरीलाई पैसा दिए मात्र सामान छिटो आउने व्यवसायीले आरोप लगाएका छन् ।

नियमविपरीत रकम मागेर दुस्ख दिएको व्यवसायी किरण पाण्डेले बताए । ‘मागेको रकम नदिँदा मैले पाँच दिन लगाएर भन्सार कटाएँ,’ उनले भने । सामान्य अवस्थामा नाकाबाट दैनिक ५ सय हाराहारी मालबाहक ट्रक भित्रिन्छन् । अहिले दैनिक तीन सय आउँछन् । यस्ता ट्रकले सामान्यत १ वा २ दिनमा सीमा पार गर्छन् ।

अवरोधले एक सातासम्म लागिरहेको छ । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीले माथिको आदेश भन्दै आउजाउ गर्ने ट्रकलाई कडाइ गरेका हुन् । भारततर्फ अहिले २० किलोमिटर टाढासम्म गाडीको लाइन छ । भारत प्रवेश गर्न सयौं यस्ता गाडी नेपालतर्फ लाम लागेका छन् । नाका अस्तव्यस्त छ । व्यवसायी कृष्ण शर्माले मागअनुसार रकम दिए पालो मिचेर पठाउँछन् । ‘नत्र आफूखुसी रोक्ने र छाड्ने गरेका छन्,’ उनले भने । सहज बनाउन स्थानीय तहमा पहल भए पनि सुधार हुन सकेको छैन ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघ महासचिव नेत्र आचार्यले उद्योगी व्यवसायीका संघसंस्था, प्रमुख जिल्ला अधिकारी, भन्सार अधिकृतलगायतबाट भन्सार सहज बनाउन प्रयास भएप नि समाधान नभएको बताए ।

अवरोधले मालबाहक गाडी अन्य नाकातर्फ मोडिँदा राजस्व असुली प्रभावित बनेको छ । चालु आर्थिक वर्षमा भैरहवा भन्सारले ८१ अर्ब ४३ करोड राजस्व असुलीको लक्ष्य लिएको छ । चालु बर्षको पुस मसान्तसम्म ३७ अर्ब ४६ करोड १२ लाख लक्ष्य तोकिएको थियो । कार्यालयले ३३ अर्ब ४ करोड ९९ लाख संकलन गरेको छ ।

कान्तिपुर

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको